देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव, कहाँ कहाँ हुँदैछ बर्षा र हिमपात ?

१३ कार्तिक, काठमाडौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि मिति २०८२ कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातका साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ नेपालको मध्यभूभाग नजिक आइ पूर्वतर्फ सर्दै आज दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours