कार्तिक महिना श्रवण !

३१ असाेज, काठमाडौँ । मिति २०८२ साल कार्तिक १ गते शनिबार तुला(कार्तिक )संक्रान्ति सिद्धार्थिनाम संवत्सर कार्तिककृष्णपक्ष द्वादशी तिथि अपरानह: १ / २३ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथि आरम्भ पूर्व फाल्गुनी नक्षत्र, ब्रह्म योग,गर करण, दक्षिणायनमा, शरदऋतु यो दिन प्रात: ४ / १९ बजे पछि श्रीसूर्य : कन्याराशीबाट तुलाराशीमा प्रवेश गर्नुहुनेछ।यो महिनाको देवताको नाम दामोदर, देवीको नाम राधा, सूर्यको नाम दिवाकर हो।

यो महिना तुला राशिमा सूर्य, सिंह राशिमा चन्द्रमा र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र , योग, करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours