सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको २ लाख ४० हजार ४०० पुग्यो

२७ असाेज, काठमाडाैँ । आज साेमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको २ हजार ४ सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज दिन एक तोला सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । तोलाको ९५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ । हिजो सोमबार ३ हजार १२५ रुपैयाँ रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours