१५ असाेज, काठमाडौँ । देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव कायम रहेको नेपाल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसहित मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुन सक्नेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले लगातार वर्षाका कारण पहिरो, बाढी र नदी नाला बढ्ने जोखिम रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


+ There are no comments
Add yours