नेपाल टेलिकमको काउन्टर दशैं र तिहारको बिदाका दिनहरुमा पनि खुला हुने

१३ असाेज, काठमाडौँ ।सोमबारदेखि शुरु हुने दशैं बिदा तथा कात्तिकमा हुने तिहार बिदाको अवधिमा समेत नेपाल टेलिकमका काउन्टरहरु खुला रहने भएका छन्।

नेपाल टेलिकमकाअनुसार सुन्धारास्थित काउन्टर असोज १३, १४, १५, १७ र १८ गते खुला रहने छ। अर्थात सो काउन्टर टिकाको दिन मात्र बन्द हुनेछ।

टेलिकमकाअनुसार गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित काउन्टरहरु असोज १३, १५ र १७ गते खुला रहने छन्।

यसैगरी, चरिकोटस्थित काउन्टर असोज १३ र १४ गते दिन खुला रहने छ।

नेपाल टेलिकमले उल्लेख गरेअनुसार, तिहारको बिदाको अवसरमा कात्तिक ४, ५ र ७ गते गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली, मन्थली तथा चरिकोटस्थित काउन्टरहरु खुला रहनेछन्।

मर्मत सम्भार र जडान सम्बन्धि काम पनि दशैं र तिहार बिदाको समयमा समेत नियमित हुने टेलिकमले सूचनामार्फत जानकारी दिएको छ।

यी सबै काउन्टरहरु उक्त दिनमा बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म खुला हुनेछन्।

दशैंको समयमा खुल्ने काउन्टरहरुबाट टेलिफोन, मोबाइल तथा इन्टरनेटको महशुल भुक्तानी, सिम वितरण तथा परिवर्तनका कामहरु हुने कम्पनीले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours