११ असाेज, काठमाडौँ । विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको व्यवस्था गर्ने विषयमा छलफल भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको सेवा प्रवाहबारे जानकारी लिएका थिए। सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताएका थिए। मन्त्री खरेलले बोर्डले गरिरहेका काम कारबाहीबारे जानकारी लिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिए।
सो अवसरमा बोर्डको तर्फबाट मन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा छलफल भएको थियो।
प्रदेश सरकार र स्थानीय तहको सहभागिता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाका लागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईँले उल्लेख गरे। रासस


+ There are no comments
Add yours