जेनजी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

०१ असाेज, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौद् २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाको शोकमा सरकारले झण्डा झुकाएको हो।

बुधबार सिंहदरबारसहित सरकारी कार्यलय, कूटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति शोक व्यक्त गरिएको हो। सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक बिदासमेत दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो। सरकारले यसअघि नै जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगिसकेको छ। अझै केही घाइतेको अस्पतालमा उपचार जारी छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours