प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन फागुन २१ गते

२८ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति तोकेका छन् ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस बमोजिम २०८२ साल भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि वर्तमान प्रतिनिधि सभा विघटन गरिएको उल्लेख छ।

त्यसै गरी, नयाँ प्रतिनिधि सभाको निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन गर्ने गरी मिति तोकिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नु भएको छ । मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्नु भएको छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours