संविधानको परिधिभित्र रहेर शान्ति कायम गर्नु अहिलेको आवश्यकता: उपाध्यक्ष रविन्स शर्मा

२७ भदाै, काठमाडौँ । सामाजिक संजाल बन्द र भ्रष्टाचार विरुद्ध जेन्जी समुह द्वारा भदौ २३ र २४ गते आयोजना गरिएको बृहत जनप्रदर्शनको क्रममा राज्यको प्रशासन तर्फबाट भएको दमनमा सयौंको संख्यामा विभिन्न कलेज र बिधालयका बिद्यार्थी घाइते एवम् हालसम्म ३० जना मृत्यु पनि भैसकेको छ ।यो भ्रष्टाचार विरुद्धको अभियानको क्रममा साहदत प्राप्त गर्नुहुने होनहार राष्ट्रका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । साथै उहाँको परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु।

यो आन्दोलन जनतामा रहेको असन्तुष्टि,अविश्वास र निरासाको असंगठित र एक एकमुष्ट अभिव्यक्ति हो।
समयमै राज्य र नेतृत्व तहले बुझ्न नसक्नु नै आजको दुर्भाग्य पूर्ण स्थितिको उबज हो। जेन्जि पुस्ता हाम्रो नेपाल को भविष्य हो।यो हिसांत्मक र विध्वंसकारी हुनै सक्दैन । कलिला बिद्यार्थीहरु माथि राज्यबाट भएको दमनले समग्र असन्तुष्ट बर्ग संगै अराजक र असमिजिक पक्षले प्रयोग गरेको देखिन्छ ।

भदौ २३ गते भएको हिंसामा राज्य जिम्मेवार हो भने २४ गते भएको राज्यको सर्बोच्च संस्थाहरू सिंहदरबार,संसद भवन,प्रहरी चौकी र सर्बोच्च अदालत लगायतका सार्वजानिक भवन निजी घरहरूमा आगजनी र व्यवसायीक भवनमा लुटपाट को कार्य हाम्रा जेन्जी हुँदै होइन यो कुरा स्वयं आन्दोलनकारी आफैंले स्वीकार गरिसकेको अवस्था छ । तसर्थ यो दुबै दिनको घटनाको सत्य तथ्य छानबिनका गर्न उच्च स्तरीय न्यायिक छानवीन समिति बनाउन जरुरी छ ।

यो आन्दोलनमा जेन्जीले उठाइएको माग ताजा जनादेश

मा जाने अन्न्तरिम सरकारको गठन,विधि विहिनता, दण्डविहीनता विहीनता,भ्रष्टाचार मुक्त समाज र सुसासन आज सम्म भएका सम्पुर्ण चर्चित भ्रष्टचार काण्डहरुको शक्तिशाली आयोग गठन गरेर छानबिन गर्ने,राजनीतिक नियुक्तिको खारेजी लागाएत जायज माग सम्बोधन गर्न जरुरी छ ।

आन्दोलनको क्रममा जति क्षति र नोक्सानी भएका छन् हाम्रो लागि असाध्यै दुःखको कुरा हो। अब हामीले नयाँ नेपाल सुन्दर नेपाल सुशासन सहितको नेपाल खोज्ने हो भने यो देशमा रहेका सबै खाले राजनीतिक शक्तिहरुलाई सन्तुलनमा लिई आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने हुन्छ ।

हाम्रो देशको संबिधान नेपाली सार्वभौम जनता को प्रतिनिधी द्वारा निर्मित नेपाल को प्रथम संविधान हों। यसमा धेरै त्रुटि र कमजोरी छन।यसको प्रयोगमा धेरै दुरुपयोग र मनपरी भएको छ यसको आवधिक निर्मम समीक्षा गर्दै संसोधन अनिवार्य भएको छ।तर संविधान संसोधन विद्यमान संवैधानीक प्रक्रिया र जनमत बाट मात्र गरिनुपर्छ।जेन्जी लगायत को राष्ट्रिय सरकारको गठन संवैधानिक प्रक्रिया भित्रै बाट हुनु पर्छ । हाम्रो अहिलेको व्यवस्था लोकतन्त्र भनेकै बाद विवाद,विचारहरूको तिब्र घर्षण र कटुता पूर्ण द्वन्द्व बाट निस्कने सुन्दर सारांश हो ।संविधानमा भएका अप्ठ्यारा कुराहरु संशोधन गर्ने गरी अगाडि बढ्दा मात्र देशमा दिगो
सामाजिक एकता ,मेलमिलाप एवम् देश समृद्ध र शान्त हुनेछ ।

माथी प्रस्तुत बिचार निजि बिधालयहरु छाता संगठन प्याब्सन नेपालको राष्ट्रिय उपाध्यक्ष रविन्स शर्माको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours