सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढ्यो

२४ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३ हजार १ सय रुपैयाँले सुन महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ तोकेको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ११ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले चाँदीको भाउ बढेको हो । हिजो प्रतितोला २४७५ रुपैयाँ रहेको चाँदी आज २५१५ रुपैयाँ कायम भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours