११ भदाै, झापा । भद्रपुर चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा ५ करोड २२ लाख रुपैयाँ अर्थात् ३ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजार रुपैयाँले बढेको उनले बताए ।
पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड ३ लाख रुपैयाँको ८ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाख रुपैयाँको ४ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, २० करोड ३ लाख रुपैयाँको १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास, ७ करोड ३ लाख रुपैयाँको ७ सय ९२ किलोलिटर एटीएफ र १ करोड १३ लाख रुपैयाँ मूल्यको १ सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।


+ There are no comments
Add yours