वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रो संस्करणका लागि आधिकारिक एयरलाइन पार्टनरमा टर्कि स एयरला इन्स

०७ भदाै, काठमाडाैं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पा र्टनरका रूपमा घोषणा गरेको छ । एभरेष्ट महिला भलिबल लिग आगामी सेप्टेम्बरदेखि ५ देखि १३ सम्म पोखरा को बहुउद्देशिय कभर्ड हलमा आयोजना हुनेतय भएको छ । लिगको दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ जना अन्तर्राष्ट्रिय खेलाडी हरू सहभागी हुनेछन् । साथै नेपालका उत्कृष्ट महिलाभलिबल खेलाडीहरू पनि प्रति स्पर्धा गर्नेछन् । यसले सीप, जोश र विश्वव्यापी प्रतिनिधित्वको गतिशील संयोजन प्रस्तुत गर्नेछ ।

टर्किस एयरलाइन्सलाई स्वागत गर्दै लिगले उत्कृष्टता, विश्वासिलोपन र विश्वव्यापी पहुँचलाई आत्मसात गर्ने एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी सँगको सहकार्यलाई गौरवका रूपमा लिएको छ । यस साझेदारीले लिगको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा महिला भलि बलको बढ्दो अन्तर्राष्ट्रिय प्रत ष्ठा लाईसमेत झल्काएको छ । सम्झाैतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईँले हस्ताक्षर गरे ।

टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक श्री सेरकान बसारले भने, ‘विश्वका सबैभन्दा धेरै मुलुकमा उडान गर्ने एयरला इनका रूपमा हामी वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग आधिकारिक एयरलाइन साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ । यस सहकार्य मार्फत हामी खेल क्षेत्रमा महिला रोल मोडेलहरूलाई समर्थन गर्ने लक्ष्य राख्छौँ । यो सहकार्यले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने विश्वास हामी राख्छौँ, जसले नेपालमा खेलकुद र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ। नेपालमा खेल पर्यटनको विश्वव्यापी एजेन्डा सँग सहकार्य गर्न पा दा हामी निकै उत्साहित छौँ ।’

‘हामी टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पार्टनरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षि त छौं । विश्वव्यापी उपस्थिति र गुणस्तरप्रति को प्रतिबद्धताले हाम्रो दृष्टिकोणसँग मेल खान्छ, जसले महिला भलिबललाई नेपालमै सीमित नराखी विश्वसँग जोड्ने हाम्रो सपना साकार पार्नेछ । यस संस्करणमा १८ जना अन्तर्रा ष्ट्रिय खेलाडीहरूको सहभागिता, टर्किस एयरला इन्सको समर्थनले सहज यात्राको व्यवस्था मात्र होइन, लिगलाई थप प्रतिष्ठित पनि बनाएको छ,’ वात्सल्य एभरेस्ट महिला भलिबल लिगका सिईओस्नेभी चापागाईँले भनिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours