२७ साउन, काठमाडौं । सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरेको छ ।
नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ तदर्थ समिति बनाएको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुब बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको प्रवक्ता समिम मियाँ अन्सारीले जानकारी दिए ।
समितिले आजैबाट काम सुरु गर्ने पनि अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यकममा ओलम्पिक कमिटिको तदर्थ समिति गठन गर्ने बताएका थिए ।
अदालतको आदेश विपरीत अवैध रुपमा कथित साधारण सभा निर्वाचन गरेर नेपाल ओलम्पिक खेल क्षेत्रमा अवैध कब्जा जमाएको भन्दै मन्त्री चौधरीले प्रधानमन्त्रीबाट पनि ओलम्पिक कमिटीको विवाद समाधानका लागि निर्देशन प्राप्त भएको बताएका थिए ।



+ There are no comments
Add yours