‘भ्वाइस’मा दुर्लभ र सुखद संयोग : विजेता र कोच दुबै महिला (तस्वीर)

‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला । जहाँ हरेक क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व देखिन्छ, त्यस्तो समयमा नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय छाप जमाउँदै, द भ्वाइसमा पनि जितको झण्डा गाड्न सफल हुनुभएकोमा कोच मेलिनालाई हार्दिक बधाई’ निर्देशक पौड्यालले लेखेका छन् ।

२५ साउन, काठमाडौँ । लोकप्रिय टिभी शो ‘भ्वाइस किड्स’को चौंथो सिजनले विजेता प्राप्त गरेको छ । सोनाली राजभण्डारीले उपाधिसँगै १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

पहिलोपटक महिला कोचको टिमकी महिला प्रतिस्पर्धीले भ्वाइसको उपाधि जितेका हुन् । ‘भ्वाइस’ निर्देशक लक्ष्मण पौड्यालले यस्तो कुरा एसियाली मुलुकमा विरलै मात्रामा हुने बताए ।

सोनालीले कोच मेलिना राईको समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला । जहाँ हरेक क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व देखिन्छ, त्यस्तो समयमा नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय छाप जमाउँदै, द भ्वाइसमा पनि जितको झण्डा गाड्न सफल हुनुभएकोमा कोच मेलिनालाई हार्दिक बधाई’ निर्देशक पौड्यालले लेखेका छन् ।

उनी अघि लेख्छन्, ‘त्यसैगरी, परदेशमा बस्दाबस्दै पनि नेपाली गीत-संगीतप्रतिको अटुट माया र सम्मान निरन्तर दिइरहेकी चेली सोनालीलाई पनि धेरै धेरै बधाई । तपाईंहरूको सफलता केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण नेपाली संगीत जगतको गौरव हो ।’

हिमालय टिभी र विश्वचर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस’का दुई संरचना ‘भ्वाइस अफ नेपाल’ र ‘भ्वाइस किड्स’का दुई संरचना आयोजना गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours