आफ्नो पालिकाभित्र रहेका सम्पदालाई ‘हाई रिलिफ आर्ट’ मा सजाउँदै गोकर्णेश्वर नगरपालिका (तस्वीरहरू)

२२ साउन, काठमाडौं । काठमाडौंको पूर्वोत्तर कुनामा रहेको गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका पर्यटकीय स्थल, धार्मिक क्षेत्र तथा पुरातात्त्विक सम्पदाको उच्च उद्‌भेदन कला ‘हाई रिलिफ आर्ट’ निर्माण गरेको छ । जोरपाटी-सुन्दरीजल सडक खण्ड अन्तरगत जोरपाटी बस बिसौनीसँगै दुईवटा परम्परागत फल्चा र सम्पदाहरूको उच्च उद्‌भेदन कला निर्माणको अन्तिम चरणमा रहेको पालिका प्रमुख दीपक कुमार रिसालले जनाकारी दिए ।

मेयर रिसालका अनुसार उच्च उद्‌भेदन कला अन्तरगत गोकर्णेश्वर नगरपालिकामा रहेको बागमती नदीको मुहान बागद्वार, पर्यटकीय स्थल तारेभिर र सुन्दरीजलको झरना, धार्मिक स्थलमा गोकर्णेश्वर महादेव, कान्तिभैरव, चामुण्डा भगवती र किसिगालामा रहेको कृष्ण मन्दिर बनाइएका छन् । यसै गरी नगरपालिकाको सिमाना जोडिएको काठमाडौं महानगरपालिका ६ मा अवस्थित विश्व सम्पदा बौद्धनाथ महाचैत्य पनि निर्माण गरिएको छ ।

रिसाल भन्छन्, ‘बागद्वार र झरना बनेको स्थानमा पानी समेत बग्ने छ । पानी बगेपछि यो कलालाई जीवनतता दिनुका साथै फल्चामा बस्ने, सवारीसाधन कुर्नेहरूलाई प्राकृतिक आनन्द समेत प्रदान गर्ने छ ।’

के हो उच्च उद्‌भेदन कला अर्थात् हाई रिलिफ आर्ट ?

High relief, फ्रान्सेली शब्द haut-relief बाट आएको एक प्रकारको कला हो । जसलाई नेपालीमा उद्‌भेदन शिल्पकला अर्थात् relief sculpture पनि भनिन्छ । यो कलामा आकृतिहरू पृष्ठभूमिबाट थ्रिडी शैलीमा बाहिर उठेका हुन्छन् ।

नेपालको परम्परागत कला र वास्तुकलामा मूर्तिकला एक अभिन्न अङ्ग हो । विशेष गरी मन्दिरहरू, विग्रहहरू, स्तम्भहरू र धातुका कामहरूमा देखिने उच्च उद्‍भेदन कला (High Relief Art) ले नेपाली संस्कृति र आस्थालाई दृश्यात्मक रूपमा अभिव्यक्त गर्दै आएको छ ।

थप तस्वीरहरू:-

You May Also Like

More From Author

+ There are no comments

Add yours