रसुवागढी नाका दशैँ सम्ममा सञ्भचालनमा ल्याउने प्रयास, दुबै देशबाट पुनर्निमार्ण तीव्र

२१ साउन, काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतविक्षत बनाएको रसुवागढी नाका दशैँसम्ममा सञ्चालनमा ल्याउन नेपाल र चिन दुबै पक्षले पुनर्निमार्णको कामलाई तीव्रता दिएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रव प्रसाद अधिकारीले चिनियाँ पक्षले दशैँअघिनै नाका सञ्चालनमा ल्याउन प्रयत्नशील रहेको आश्वासन दिएको र सोहीअनुसार दुवैतर्फ काम भइरहेको बताएका छन् ।

“देशकै मुख्य नाका भएको कारणले असर परेको छ”, सहायक प्रजिअ अधिकारीले भने “तत्कालको लागि व्यापार व्यावसायको सामान ओसारपोसार गर्न मिल्ने अवस्था छैन” । तर “चिनियाँ पक्षले आफ्नोतर्फ निर्माण सुरु गरिसकेका छ र हामीले पनि अस्थायी बेलीब्रिज राख्ने तयारी भइरहेको छ , ततसपश्चात नाका सञ्चालनमा आउनेछ” ।

साउन १४ गते चीनको तिब्बततर्फबाट आएको बाढीले स्याफु्रबेंसी रसुवागढी सडकखण्डको विभिन्न स्थानमा गरी करिब ५४० मिटर सडक पूर्ण रुपमा बगाएको थियो । जिल्ला प्रशासन कार्यालय रसुवाद्धारा जारी विज्ञप्ति अनुसार बाढीले गोसाइँकुण्ड गाँउपालिका २ टिमुरेस्थित भन्सार यार्ड, घर, पुल र जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पु¥याएको छ । यसअघि असार २४ गते आएको बाढीले क्षति पु¥याएको सडक अस्थायी मर्मतपछि सञ्चालनमा आए पनि पुनः बाढीले ठप्प पारेको हो ।

यसअघि असार २४ गते बिहान आएको बढीले रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको ६ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको थियो । असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले ६ जना चिनियाँ, ३ जना नेपाल प्रहरी र ५ नेपाली कामदारलाई बगाएको थियो ।

त्यस्तै, बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एकसमेत बगाएको थियो ।
बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्ण रुपमा सडक अवरुद्ध भएको थियो । अवरुद्ध भएको सडक अस्थायी रुपमा सञ्चालन गर्ने र अन्य पुनर्निमार्णको काम सञ्चालन गरिरहँदा साउन १४ गते आएको बढीले झन क्षति गरेको सहायक प्रजिअ अधिकारीको भनाई छ ।

दशैँ अगाडी नाका खोल्ने गरि काम भइरहेको र अरु क्षति नभएको अवस्थामा सकभर नाका सञ्चलन गर्ने प्रयास भइरहेको उनको भनाइृ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours