भदौ ३ गतदेखि हकप्रद सेयर जारी गर्दै खानीखोला हाइड्रो

१६ साउन, काठमाडौँ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

लगानीकर्ताले उक्त हकप्रदमा भदौ २३ गते सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै रिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, नरायणगढ,धनगढी, पोखरा(न्यूरोड),बुटवल ,हेटौडाशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै कुमारी बैंकको बाग्मति शाखा(ललितपुर) र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours