तेह्रथुम पावरको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन

११ साउन, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेकाे हकप्रद शेयरका लागि आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ । असार १६ गतदेखि बिक्री खुला भएकाे उक्त हकप्रदका लागि आज साउन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे । हकप्रद निष्काशनको लागि असार ५ गते बुक क्लोज भएकाे थियाे । अर्थात् असार ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।

वैशाख १९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours