०४ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भए पछि सुनको मूल्यमा लगातार वृद्धि भएको छ । शुक्रबार सुन तोला २०० रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुको दिन अर्थात् बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार पनि तोलामा २०० रुपैयाँले बढेको थियो । आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३५०.५३ अमेरिकी डलर र ३८.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


+ There are no comments
Add yours