०२ साउन, काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरु बन्द भएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी)ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।
हड्ताल घोषणा गरेका कारण काठमाडौं उपत्यका भित्र र बाहिरका जिल्लाहरुमा विद्यालयहरु बन्द छन् । काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।
आज रुपन्देहीका सरकारी र निजी विद्यालय तथा कलेजहरू पनि बन्द रहेको अनलाइनखबरकर्मी टोपराज शर्माले जानकारी दिएका छन् ।
कतिपयले विद्यालय तथा कलेजहरु बन्द गरेर पढ्न पाउने हकबाट बन्चित गराइएको भन्दै विरोध समेत गरेका छन् ।


+ There are no comments
Add yours