विकास हाइड्रोको आईपीओ बाँडफाँड, कसले कति पाए ?

२९ असार, काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर ९आईपीओ० को बाँडफाँड आज (आइतबार) सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आवेदन खुल्ला गरेको आईपीओमा करिब २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणलाई प्रदान गरिएको हो।

बाँडफाँड परिणाम अनुसार, भाग्यमानी २ लाख ९४ हजार २ सय ७६ जना आवेदकले न्यूनतम १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा हेर्नका लागि लगानीकर्ताहरूले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, मेरोसेयर खाताबाट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट तथा कम्पनीको आधिकारिक वेबसाइटमा गएर आफ्नो डिम्याट नम्बर राखी हेर्न सक्नेछन्।

कम्पनीले कुल ९० करोड ९१ लाख रुपैयाँको जारी पुँजी मध्ये ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

यसअन्तर्गत, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित गर्दै ९ लाख ९ हजार कित्ता शेयर पहिल्यै बाँडफाँड गरिसकेको थियो।

त्यसपछि कम्पनीले कर्मचारीका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सुरक्षित गरी बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours