चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

२७ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours