शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

२६ असार, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

निष्कासन बन्द छिटोमा साउन ४ गते हुने यस ऋणपत्रमा अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा साउन १४ गतेसम्म समय लम्बिन सक्ने बैंकले जनाएको छ ।

शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours