२३ असार, काठमाडौं। नेपालमा शिक्षित युवाहरूको संख्या बढ्दै जाँदा बेरोजगारीको दर पनि बढ्दै गएको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सामान्य पढेलेखेका भन्दा उच्च शैक्षिक योग्यता हासिल गरेकाहरू बढी बेरोजगार रहेको देखिएको हो ।
कार्यालयको तथ्यांक हेर्दा महिलाभन्दा बढी पुरुष बेरोजगार देखिएका छन् । कार्यालयको तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहमा अशिक्षित बेरोजगारी १०.४ प्रतिशत छ । जसमध्ये पुरुषको बेरोजगारी दर ११ प्रतिशत र महिलाको बेराजगारी दर ९.९ प्रतिशत छ ।
यस्तै, २० देखि २४ वर्ष उमेर समूहमा अशिक्षित बेरोजगारी दर ७.४ प्रतिशत रहेकामा पुरुष ७.८ प्रतिशत र महिला ७.२ प्रतिशत छ ।
सामान्य साक्षर १५ देखि १९ वर्ष उमेर समूहको बेराजगारी दर ८.३ प्रतिशत रहेकामा पुरुष ८.४ प्रतिशत र महिला ८.१ प्रतिशत छ । यसैगरी २० देखि २४ वर्ष उमेर समूहको बेराजगारी दर ७.५ प्रतिशत रहेको छ ।
आधारभूत शैक्षिक योग्यता हासिल गरेका युवाहरूको बेरोजगारी दर १५ देखि १९ वर्ष उमेर समूहमा ६.८ प्रतिशत छ । जसमा ७.४ प्रतिशत पुरुष र ६.१ प्रतिशत महिला छन् । २० देखि २४ वर्ष उमेर समूहमा ६.९ प्रतिशत बेरोजगारी दर रहेकामा पुरुष ७.४ प्रतिशत र महिला ६.४ प्रतिशत छ ।
यस्तै, माध्यमिक शिक्षा प्राप्त गरेको १५ देखि १९ वर्ष उमेर समूहको बेरोजगारी दर ७.७ प्रतिशत छ। जसमा पुरुष ८.२ प्रतिशत र महिला ७.३ प्रतिशत बेरोजगार रहेको कार्यालयले जनाएको छ ।
माध्यमिक शिक्षा हासिल गरेका २० देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर १०.१ प्रतिशत छ । जसमा पुरुषको बेराजगारी दर १०.८ प्रतिशत र ९.४ प्रतिशत महिला बेरोजगार छन् ।
यसैगरी स्नाताक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका १५ देखि १९ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर १३ प्रतिशत छ । जसमा पुरुषको बेरोजगारी दर १३.७ प्रतिशत र महिलाको बेरोजगारी दर १२.५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
स्नातक वा माथिल्लो योग्यता हासिल गरेका २० देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर १४.१ प्रतिशत छ । जसमा पुरुषको बेरोजगारी दर १४.३ प्रतिशत र महिलाको बेरोजगारी दर १३.९ प्रतिशत छ ।
यस्तै, अन्य १५ देखि १९ वर्षका युवाहरूको बेरोजगारी दर ७.६ प्रतिशत र २० देखि २५ वर्ष उमेर समूहका युवाहरूको बेरोजगारी दर ७.५ प्रतिशत छ ।
यस्तै, शैक्षित योग्यता उल्लेख नभएका १५ देखि १९ वर्ष उमेर समूहको बेरोजगारी दर ५.१ प्रतिशत रहेकामा महिलाको बेरोजगारी दर ८.२ प्रतिशत र पुरुषको बेरोजगारी दर २.२ प्रतिशत छ । यसैगरी २० देखि २४ वर्ष उमेर समूहमा ९.१ प्रतिशत बेरोजगारी दर रहेकामा पुरुषको बेरोजगारी दर ११.१ प्रतिशत र ७.३ प्रतिशत महिला बेरागार छन् ।


+ There are no comments
Add yours