कुलिङ पिरियड व्यवस्था हेरफेरमा संलग्नलाई कारबाही हुनुपर्छ, नत्र अरू विधेयक पास हुँदैनन् : पाण्डे 

१७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई छानबिन गरी कारबाही गर्नु पर्ने माग गरेका छन् ।

नेता पाण्डेले कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई कारबाही नगरिए राज्य व्यवस्था समितिको बैठकमा नबस्ने चेतावनी दिए ।

‘हेरफेरमा संलग्नलाई कारबाही गरिएन भने राज्य व्यवस्था समितिको बैठकमा हामी बस्दैनौं । प्रहरी विधेयक लगायत अरू महत्वपूर्ण विधेयक छन् ती पास पनि हुँदैनन्,’ पाण्डेले भने ।

उनले अगाडि भने, ‘हामी मात्रै होइन सबै सांसदले पास गर्ने एउटा निर्णय हुने अर्को संसदमा अर्को पुर्‍याउने काम हुँदोरहेछ भनेर एउटा अत्यन्त अविश्वासको वातावरण सिर्जना भयो ।’

व्यवस्थापिकामाथि कार्यपालिका हाबी भएको भन्दै उनले यस्तो कार्यले सिंगो व्यवस्थामाथि हानि पुर्‍याउँने बताए । उनले भने, ‘यसलाई सच्याउनुपर्छ र दोषीलाई कारबाहीको व्यवस्था हुनुपर्छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours