१६ असार, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.२३ प्रतिशत हो ।
यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर खरिद हुँदा २ अर्ब १५ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीको खरिद रकम बढी देखिएको छ । ६ ब्रोकर कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, डायनामिक, त्रिशक्ति, अनलाइन, अग्रवाल र क्यापिटलमार्फत खरिद धेरै भएको छ । त्यस्तै इम्पेरियल, सनी, भिजन र श्रीहरिबाट भने बिक्री धेरै भएको छ ।
आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, सानिमा माइ हाइड्रोपावर, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सिंगटी हाइड्रोपावर, युनिभर्सल पावर लगायत छन् ।


+ There are no comments
Add yours