विश्व बैंक दक्षिण एशियाको उपाध्यक्षमा जट्ट

१६ असार, काठमाडौं । विश्व बैंक दक्षिण एशिया क्षेत्रको उपाध्यक्षमा जोहान्श जट्ट नियुक्त भएका छन् । जुलाई १ देखि लागू हुने गरेर उनलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उनले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकालाई हेर्ने छन् । त्यसक्रममा उनले यस क्षेत्रमा विश्व बैंकद्वारा सञ्चालित ३९ अर्ब डलर बराबरको परियोजनामा प्रत्येक्ष निरिक्षण तथा प्राविधिक सहायता प्रदान गर्नेछन् ।

उनको नेतृत्वमा विश्व बैंकले दक्षिण एशियाली क्षेत्रमा रोजगारी सिर्जना, जलवायु परिवर्तन न्यूनिकरण तथा प्राकृतिक प्रकोप न्यूनिकरणमा भूमिका खेल्नेछन् । यसबाहेक मावनीय क्षमता अभिवृद्धि र नीजि क्षेत्रको पुँजी परिचालनमा समेत भूमिका खेल्ने नेपालस्थित विश्व बैंकको कार्यलयले जनाएको छ ।

सन् १९९९ देखि विश्व बैंकमा आवद्ध भएका डच मुलका नागरीक जट्ट दक्षिण एशियाली क्षेत्रको उपाध्यक्ष नियुक्त हुनुअघी विश्व बैंक ब्राजिलका निर्देशक थिए । उनले बंगलादेश, भुटान, नेपाल, टर्की लगायतका विभिन्न देशहरुको निर्देशकको रुपमा समेत काम गरिसकेका छन् ।

‘म दक्षिण एशियाको बलियो र तिव्र विकास प्रक्रिया देखेर दंग छु । मैले यो क्षेत्रमा १० वर्ष सेवा गर्दा देखिनै क्षेत्रिय विकास अघि बढेको थियो,’ उनले कार्यभार सम्हाल्दै भने, ‘अब फेरि यो क्षेत्रको विकासका निमित्त आफ्नो तर्फबाट उल्लेखनीय योगदान दिनेछु ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours