१६ असार, काठमाडौं । जगदम्बा मोटर्सले नयाँ स्कुटरको बिक्री सुरू गर्ने तयारी थालेको छ ।
टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले जुलाइको पहिलो साता जुपिटर ११० स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले केही समयअघि पुरानो मोडल जुपिटर ११० को बिक्री बन्द गरेको थियो । अब कम्पनीले ११३ सीसी इन्जिनका साथ नयाँ डिजाइनमा तयार भएको जुपिटर बिक्री सुरू गर्ने भएको हो ।
नयाँ जुपिटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपिटरको फ्रन्ट कनेक्टेड एलईडी डीआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ ।
टीभीएसले यसमा पहिलो पटक ‘फलो मी’ एलईडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेन्डसम्म बलेर आफैं बन्द हुन्छ ।
जुपिटरमा कनेक्टेड फिचर सहितको फुल्ली डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा भोइस असिस्ट फिचर समेत पाउन सकिन्छ । कम्पनीले यसको इन्धन भर्नका लागि फ्रन्टमा फ्युल क्याप दिएको छ । यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुट स्पेस दिएको छ ।
नयाँ जुपिटरमा ११३ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान छ ।


+ There are no comments
Add yours