मेटाले ल्याउँदैछ नयाँ स्मार्ट चस्मा, यी हुनेछन् फिचर्स

१२ असार, काठमाडाैं । फेसबुकको मातृ कम्पनी मेटाले नयाँ स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ। यसपटकको नयाँ स्मार्ट चस्माका लागि मेटाले प्रसिद्ध चस्मा निर्माता कम्पनी ओकलीसँग साझेदारी गरेको हो। यस साझेदारी अन्तर्गतको पहिलो प्रडक्ट आगामी जून २० गते सार्वजनिक हुने बताइएको छ।

सोही तयारीस्वरुप इन्स्टाग्राममा @oakleymeta नामक नयाँ अकाउन्ट खोलिएको छ र त्यसबाट नयाँ चस्माको बारेमा टीजर भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा मेटा र ओकली दुबैको लोगो देखिन्छ । उक्त भिडियोको अन्त्यमा २० जून लेखिएको छ। मेटाले उक्त भिडियोलाई पुनः शेयर गर्दै ओकलीसँगको सहकार्यबाट स्मार्ट चस्मा ल्याउने कुराको पुष्टि गरेको छ।

रेबनपछि ओकली : मेटाको दोश्रो ठूलो साझेदारी

स्मरण रहोस् यसअघि मेटाले चस्मा निर्माता कम्पनी रेबनसँग मिलेर स्मार्ट चस्मा बजारमा ल्याएको थियो । मेटाको उक्त चस्मा प्रयोगकर्ताबीच लोकप्रिय छ । अब ओकलीसँगको सहकार्यले प्रविधिमा रुचि राख्ने चस्मा प्रयोगकर्ताहरुलाई थप नयाँ विकल्प दिने विश्वास गरिएको छ ।

ओकली र रेबन दुबैको मातृ कम्पनी EssilorLuxottica हो । यसले मेटालाई स्मार्ट चस्माको प्रिमियम डिजाइन र हार्डवेयरमा सहयोग उपलब्ध गराउनेछ ।

खेलकुद र एडभेन्चर लक्षित : ओकलीको Sphaera डिजाइन

प्राप्त जानकारी अनुसार, मेटाको नयाँ स्मार्ट चस्मामा ओकलीको Sphaera डिजाइन देख्न सकिन्छ। यो डिजाइनमा सामान्यतया अगाडिको मध्य भागमा क्यामेरा लेन्स रहनेछ। जसका कारण मेटाको यो नयाँ स्मार्ट चस्मा पुरानो मेटा-रेबन स्मार्ट चस्माभन्दा फरक हुनेछ ।

यो चस्मा खासगरी साइकलयात्री, मोटरसाइकल चालक तथा खेलाडीहरुको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको हुनसक्छ। मेटाको यो नयाँ स्मार्ट चस्माले गो प्रोजस्ता एक्‍सन क्यामेरालाई टक्कर दिने अनुमान गरिएको छ।

नयाँ स्मार्ट चस्माका विशेषताहरू

समाचार अनुसार मेटाको नयाँ स्मार्ट चस्माका मूख्य विशेषता यी हुनेछन्

स्मार्ट ग्लासमा फ्रन्ट क्यामेरा रहने
रेकर्डिङ क्षमता हुनुका साथै ह्यान्ड्स-फ्री भिडियो फिचर
स्टाइलिश र स्पोर्टी डिजाइन
मेटाका एआई र अग्मेन्टेड रियालिटी फिचर्स को एकीकरण
ब्लुटूथ/इन्टरनेट कनेक्टिभिटी सहितका स्मार्ट फिचर्स
विश्लेषकहरुका अनुसार मेटा र ओकलीको यो सहकार्य खेल प्रविधिका साथै शरीरमा लगाउने स्मार्ट उपकरण (स्पोर्ट्स टेक र स्मार्ट वेयरेबल्स) को क्षेत्रमा महत्वपूर्ण कम हो । यसले स्मार्ट चस्मा प्रयोगकर्ताहरूका लागि नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours