नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

११ असार, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।

ताजिकिस्तानमा हुने प्रतियोगिताका लागि एन्फाले पूर्वखेलाडी तथा अन्तरिम प्रशिक्षकका रूपमा सिनियर टिम सम्हालिसकेका न्यौपानेलाई नियुक्त गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा, मनिष जोशी, सीईओ इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘एच’ मा परेको छ।

यस समूहमा नेपालसँगै ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours