१० असार, काठमाडौं । दक्षिण अफ्रिकाको गणतन्त्रका महामहिम राजदूत प्रोफेसर अनिल सुकलालले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदा पत्र प्रस्तुत गरेका छन् । ओहदा पत्र प्रस्तुत गर्ने कार्यक्रम काठमाडौंको शीतल निवासस्थित राष्ट्रपति भवनमा एक औपचारिक समारोहबीच सम्पन्न भएको हो ।
समारोहको अवसरमा महामहिम प्रो. सुकलालले दक्षिण अफ्रिकाका राष्ट्रपति तर्फबाट शुभकामना र सन्देश राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका लागि नेपालस्थित मानार्थ महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक मिसनका फस्र्ट सेक्रेटरी श्री पिटर समेत उपस्थित थिए ।
समारोहले नेपाल र दक्षिण अफ्रिकाबीच बढ्दो कूटनीतिक सम्बन्ध र आपसी सहयोगको सम्भावनालाई प्रतिबिम्बित गरेको उल्लेख गरिएको छ ।


+ There are no comments
Add yours