काउलीको भाउ बढ्यो, किलोको कति ?

०९ असार, काठमाडौं । बजारमा स्थानीय काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय काउलीको भाउ बढेको देखाएको हो ।

आज सोमबार कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

स्थानीय काउलीको भाउ एक सातादेखि निरन्तर बढ्दो क्रममा छ । एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।

एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours