सुन किन्दै हुनुहुन्छ ? यस्तो छ सोमबारको भाउ

०२ असार, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार सुनसँगै चाँदीको भाउ पनि स्थिर कायम रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४३०.१६ अमेरिकी डलर र चाँदी ३६.२६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours