२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो ।
अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको हो । बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल लिचीको भाउ आज प्रतिकिलो ११६ रुपैयाँ कायम छ ।
यस्तै भारतीय लिचीको भाउ सामान्य घटेको छ । हिजो बुधबार प्रतिकिलो २०५ रुपैयाँमा कारोबार भएको भारतीय लिची आज प्रतिकिलो २०४ रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्म कारोबार भएको थियो ।


+ There are no comments
Add yours