ओलम्पियन सन्तोषी इन्टरनेसनल एथलेट फोरममा सहभागी हुने

२६ जेठ, काठमाडौं । नेपाली ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट फोरममा भाग लिने भएकी छन् । इन्टरनेसनल एथलेट फोरम आउने बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजान सहरमा आयोजना हुँदै छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पियन म्याराथन धाविका सन्तोषीलाई आइतबार बिदाइ गरे ।

एनओसीका उपाध्यक्ष अशोक वज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायतले पनि धाविका श्रेष्ठलाई शुभकामना दिए ।

सन्तोषीले गत वर्ष फ्रान्समा भएको पेरिस ओलम्पिकमा म्याराथनमा दाैडिएकी थिइन् ।

सन्तोषीले शनिबार हेरिटेज काठमाडौं २५के रेस जितेकी थिइन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours