इजिप्टका राजदूतको राष्ट्रपति पौडेलसँग विदाई भेट

२५ जेठ, काठमाडौं । नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबालीले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाई भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कनुअघि राजदूत एलगेबालीले राष्ट्रपति पौडेलसँग आइतबार शिष्टाचार विदाई भेट गरेका हुन् ।

भेटमा राष्ट्रपति पौडेल र राजदूत एलगेबालीबीच नेपाल र गणतन्त्र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत एलगेबालीलाई धन्यवाद व्यक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्त शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours