२५ जेठ, काठमाडौ । विभिन्न मितिमा चोरी भएका तथा हराएका २२ वटा दुई पांग्रे सवारी फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भू, इमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आइतबार हस्तान्तरण गरिएका २२ वटासहित ४ सय ६७ वटा सवारीसाधन गत साउन महिनादेखि जाजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । जसमा चोरीका ४४ वटा दुई पाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न एसएसपी अधिकारीले सुझाएका छन् ।


+ There are no comments
Add yours