२३ जेठ, काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न आगामी असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा भएको कारोबारबाट कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


+ There are no comments
Add yours