२२ जेठ, काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले मौद्रिक नीति र वित्त नीति अन्तर सम्बन्धित रहेको बताएका छन् ।
तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ मा बोल्दै डा. श्रेष्ठले बाहिर हेर्दा मौद्रिक नीति र वित्त नीति फरक देखिए पनि अन्तर सम्बन्धित रहेको बताएका हुन् ।
श्रेष्ठले भने,’बाहिरबाट हेर्दा मौद्रिक नीति र वित्त नीति फरक देखिए पनि एक अर्कका परिपूरक हुन् । अन्तर सम्बन्धित छन् ।’


+ There are no comments
Add yours