सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा

२० जेठ, काठमाडौँ । सिटिजन बैंक इन्टरनेस्नल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी जगत बहादुर अधिकारीको नाममा रहेको १ हजार ११० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours