१८ जेठ, काठमाडाैँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने बताएका छन् । काठमाडौंको नारायणचौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौँ । तर, तपाईंहरूले कान खोलेर सुन्नुस्, तपाईंहरूले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड् उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौँ,’ उनले भने ।

उनले आफूहरू कुनै पनि मुठभेड नचाहेको बताए । उनले कम्तीमा बालुवाटार क्षेत्रको शनिबार पुगेको ठाउँसम्म जान पाउनुपर्ने बताए । ‘प्रशासनबाट आदेश आउनुपर्ने हो कि, यहाँको कमाण्ड गरिराखेकोले निर्णय लिने हो कि, गृहमन्त्रीलाई सोध्नुपर्ने हो कि प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो सोध्नुस् । हामी कुनै पनि प्रकारको मुठभेड चाहँदैनौँ । तर तपाईंले तोकेको निषेधित क्षेत्रसम्म जान चाहन्छौँ । कम्तीमा हिजो गएको ठाउँसम्म हामीले जान पाउनुपर्छ,’ लिङ्देनले भने ।


+ There are no comments
Add yours