आँपको मूल्य घट्यो, कति पर्छ किलोको ?

१६ जेठ, काठमाडौं । बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो ।

बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ ।

कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य बिहीबारको तुलनामा आज शुक्रबार ८६ रुपैयाँले घटेको छ ।

बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours