दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध चलेन मुद्दा, भए रिहा

१३ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध अहिले काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रतिवादीहरूको बयान चलिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours