१३ जेठ, काठमाडौं । बजारमा स्थानीय काउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको देखिएको हो ।
आज मंगलबार स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँ कायम छ । सोमबारको तुलनामा यो मूल्य प्रतिकिलो १० रुपैयाँ बढी हो ।
सोमबार स्थानीय काउली प्रतिकिलो न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँमा कारोबार भएको थियो ।
गएको शनिबारदेखि काउलीको मूल्य बढ्न थालेको तथ्यांकले देखाउँछ । वैशाख अन्तिम साता स्थानीय काउली प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।


+ There are no comments
Add yours