१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ ।
एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार छिन् । उनी स्कुटर चालक रहेको प्रहरीले बताएको छ । उनले चलाएको स्कुटरले गए राति एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
त्यसपछि स्कुटर समेत अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालक दुबैलाई उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो ।
पैदलयात्रीको अहिले पनि उपचार जारी छ भने स्कुटर चालकको मृत्यु भएको छ ।


+ There are no comments
Add yours