मोरङ उद्योग व्यापार संघद्वारा कोशी प्रदेश प्रहरी प्रमुखको स्वागत

१२ जेठ, काठमाडौँ । मोरङ उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई संघमा स्वागत गरी छलफल गरेको छ ।

संघका का.वा.अध्यक्ष अनिल कुमार साह सहित उपाध्यक्ष (वाणिज्य) अनिल सारडा, उपाध्यक्ष (उद्योग) बिकास कुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी, का.का.सदस्यहरु मनिष कुमार मारु, देवाशिष गोल्छा, अमित राठी, गोपाल अग्रवाल, डा. बन्दना जैन र आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखाले प्रहरी नायव महानिरीक्षक कार्कीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेका थए ।

कार्यक्रममा का.वा. अध्यक्ष अनिल कुमार साहले प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी गण, रानीका प्रहरी उपरिक्षक रुकेश तण्डुकार, वडा प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरिक्षक अनमोल खड्का, प्रहरी निरिक्षक , आबेश थापा, कोशी प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षकहरु महेश भट्टराई, शेखरजंग मल्लको पनी उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours