मालपोत कार्यालय बाँकेका खरिदार पाण्डेसहित ३ जना घुस रकम सहित पक्राउ

११ जेठ, काठमाडौँ । मालपोत कार्यालय बाँकेमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे सहित ३ जना घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पाण्डे सहित लेखापढी व्यावसायी शान्ती पुन र व्यवसायी घनश्याम तिवारीलाई पक्राए गरेको हो ।

पाण्डेले लेखापढी व्यवसायी मार्फत सेवाग्रहीबाट २० हजार रुपैयाँ घुस लिएर व्यवसायी तिवारीलाई राख्न दिएको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours