११ जेठ, काठमाडौं । कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार यी दुवै फलफूलको भाउ बढेको हो ।
आइतबार जुनार र हरियो अंगुरको प्रतिकिलो मूल्य समान ३६ रुपैयाँले बढेको छ । शनिबार जुनार र हरियो अंगुर प्रतिकिलो १९० रुपैयाँमा किनबेच भएको थियो । आज भने दुवै फलफूलको प्रतिकिलो थोक मूल्य २२६ रुपैयाँ कायम छ ।


+ There are no comments
Add yours