शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स जेठ १२ मा

०९ जेठ, काठमाडौं । शहिद स्मृति स्पोर्ट्स एकेडेमीले आगामी जेठ १२ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ।

नेपाल रग्बी संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ५ प्रदेशका टोलीहरू- कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम र २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब गरी ७ टिमको सहभागिता रहनेछ।

खेल लिग कम नकआउट प्रणालीमा खेलाइनेछ र टिमहरूलाई २ पोलमा विभाजन गरिनेछ।

प्रतियोगिताको च्याम्पियन टिमले नगद रु १ लाख पाउनेछ भने उपविजेताले रु ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई रु ७,००० सहित ट्रफी दिइनेछ।

एसिया रग्बीको ‘रग्बी र दिगोपनमार्फत हरियाली भविष्य निर्माण’ लक्ष्य अनुसार “अ ट्राइ अ ट्री” अभियानको सुरुवात पनि यही प्रतियोगिताबाट गरिने जनाइएको छ।

प्रतियोगिताको अनुमानित खर्च रु १९ लाख रहेकोमा शहिद स्मृति स्पोर्ट्स एकेडेमीले रु ११ लाख व्यहोर्नेछ भने बाँकी खर्च नेपाल रग्बी संघको प्रायोजनबाट जुटाइनेछ।

खेलाडीहरूको लागि रु १ लाख २५ हजारको दुर्घटना बीमा गरिनुका साथै होटल र यातायात व्यवस्थापन गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours