०८ जेठ, काठमाडौं । स्थानीय बजारमा कुरिलोको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कुरिलोको मूल्य घटेको देखाएको हो ।
आज बिहीबार कुरिलोको मूल्य किलोमा १ सय रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो बुधबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बिहीबार कुरिलोको मूल्य थोकमा किलोको न्यूनतम ३ सयदेखि अधिकतम ६ सय रुपैयाँ कायम छ । यस्तै औसत मूल्य भने ४ सय ५० रुपैयाँ तोकिएको छ ।
कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।


+ There are no comments
Add yours